तामाकोशी गाउँपालिमा सूचिकृत मेलमिलापकर्ताको २ दिने पुनताजगी तालिम संचालन

0
Advertisement

दिपक बस्नेत


पुस २३, तामाकोशी ।


तामाकोशी गाउँपालिमा सूचिकृत मेलमिलापकर्ताको २ दिने पुनताजगी तालिम संचालन भएको छ ।
तामाकोशी गाउँपालिकाको आयोजनामा भएको तालिम उद्घाटन सत्रमा तामाकोशी गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि ईश्वर चन्द्र पोखरेलले व्यानर पढेर तालिमको उद्रघाटन गर्नु हो ।
समाजमा भएका समान्य झैझगडालाई गाउँटोलमा मिलाउन सहजकर्तालेको महत्वपुर्ण भुमिका हुने अध्यक्ष पोखरेलले बताउनु भयो । सहजकर्ताको भुमिकामा रहँदा एकदम ध्यान दिनु पर्ने उहाँको भनाई थियो । दुईदिन सम्म संचालन हुने तालिम उद्घाटन सत्रमा तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्रले सरकावादी मुद्दा र समान्य मुद्दामा ध्यान दिनुपर्ने, समाजमा सहजकर्ताको भुमिका महत्वपुर्ण हुने, सहजिकरण गर्दा सवधानिका साथ गर्नुपर्ने बताउनु भयो ।
तामाकोशी गाउँपालिकाका उपप्रमुख उर्मिला खड्का के.सी.को सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका भित्रका सहजकर्ताको उपस्थिति रहेको छ । तालिमको सहजिकरण उद्धव प्रसाद अधिकारीले गर्नुभएकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here