एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका छन् । सुपर फोरको बिहीबार भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान पक्का गर्यो ।
डकवर्थ लुइस नियम लागू गर्दै ४२ ओभरमा खेलिएको यो खेलमा श्रीलंकालाई २५२ रनको लक्ष्य दिइएको थियो। भारत यसअघि नै लगातार दुई खेल जित्दै फाइनल पुगिसकेको छ । पाकिस्तान भने दोस्रो हारपछि सुपर फोरबाट बाहिरिएको छ । कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट रंगशालामा ४२ ओभरमा छोट्याइएको खेलमा पाकिस्तानले दिएको २५२ रनको लक्ष्य श्रीलंकाले ८ विकेट गुमाएर अन्तिम बलमा पूरा गर्यो ।