दिपक बस्नेत
चैत २१, तामाकोशी ।
तामाकोशी गाउँपालिकाले ६६ औं राष्ट्रिय सहकारी दिवस २०७९ को अवसरमा आयोजना गरेको २ दिने कोपोमीस तालिमको आज समापन गरेको छ ।
सहकारीको दीगोपन, र स्वनियमन र सुशासन भन्ने नाराका साथ दिवसको अवसरमा पालिका भित्रका सहकारी संस्थाका संचालक समिति र कर्मचारीलाई कोपोमीस तालिम संचालन गरिएको थियो ।
तामाकोशी गाउँपालिका सहकारी समुन्वय समिति संयोजक पर्शुराम कार्कीको सभापतित्वमा भएको समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप के.सी.ले तालिम संचालन गर्नुको कारण, सहकारीको अवस्था, गाउँपालिकाले सहकारीसँग मिलेर गरिने कामको बारेमा चर्चा गर्नुको साथै गाउँपालिका भित्र रहेको पुँजीलाई उत्पादनमा लागउँनु पर्नेमा जोड दिनुभएको थियो ।
तालिम समापन कार्यक्रममा बोल्नुहुँदै के.सीले सकेसम्म सवै सहकारीलाई एकिकरण गरि नमुना योग्य गाउँपालिका भित्र एक मात्र सहकारी स्थापना गर्दा हाम्रो हुने धारण राख्नु भयो ।
तालिममा कोपोमीसको बारेमा सहभागिहरुलाई प्रष्ट परिएको छ र अव गाउँपालिका भित्रका सहकारीहरुले तालिममा सिकेको विषय आ आफ्नो संस्थामा लागू गर्नुपर्ने तालिमका प्रशिक्षक सहकारी शाखा प्रमुख पवन राज फुयाँलले बताउँनु भयो । तालिममा सहभागिहरुले तालिम महत्वपुर्ण भएकाले अव आफ्नो संस्थामा लागू गर्ने बताउँनु भयो ।