दिपक बस्नेत
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ७ हावाँको कालिका माध्यमिक विद्यालयमा पालिका स्तरिय शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन गाउँपालिका समितिको आयोजनामा भलिबल प्रतिलयोता भएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठन पालिका समिति २०८० को कार्यक्रम अन्र्तगत वडा स्तरिय भलिबल प्रतियोगिता गरिएको जनाइएको छ ।
सहयोगि संस्था ग्रमिण समुदायिक दिगो विकास केन्द्र वडा नम्बर ५ सहरे रहेको प्रतियोगितामा पुरुष शिक्षकको ७ वटा टिम रहेको छ भने महिला शिक्षकको ३ टिम रहेको छ ।
आज भएको उद्घाटन सत्र कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाका अध्यक्ष तथा गोल्मेश्वर माविका प्रधानाध्यपक संजय कुमार खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा पालिका समितिका अध्यक्ष प्रदिप कुमार सुविदीको सभापतित्वमा भएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार दश हजार रुपयाँ, दितिय पुरस्कार सात हजार रुपयाँ र तृतिय पुरस्कार पाँच हजार रुपयाँ र साथमा ट्रफि, मेडल र प्रमाण पत्र रहेको आयोजकले जनाएको छ ।
2 वर्ष पहिले
  
1444 Post Views
4 महीना पहिले
