दिपक बस्नेत 
तामाकोशी गाउँपालिकाको शिक्षा शाखाले सामुदायिक विद्यालय शिक्षा सुधार योजना अन्तरगत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । 
विभिन्न विद्यालय शिक्षा सुधार कार्यक्रम मध्ये विद्यालय व्यवस्थापन पदाधिकारीको दुई दिने तालिमको आयोजना गरि आज समापन गरेको छ । तालिममा पालिका भित्रका विद्यालयका व्यवस्थापन पदाधिकारीको सहभागिता रहेको थियो । तालिममा शिक्षा सुधारमा व्यवस्थापन समितिको भूमिका, प्रधानाध्यपकको भूमिका, अविभावकको भूमिका, विद्यार्थीको भूमिका , निती नियम, कानुन, व्यवस्थापन समितिको अधिकार लगायत अन्य विषय समेटिएको थियो । 
कार्यक्रममा पालिका अध्यक्ष प्रोण प्रताप के.सी. शाखा प्रमुख विमल निरौला, वडाध्यक्ष, शिक्षक व्यवस्थापन पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । तालिमको सहजिकरण विषय विज्ञ गोपाल ध्वज श्रेष्ठले गर्नुभएको छ । 

                                    
                                    
                                     2 वर्ष पहिले 
                                                  
                                                1314 Post Views
 2 वर्ष पहिले 
                                                  
                                                1314 Post Views
                                            
                                            
                                        