दिपक बस्नेत
तामाकाशी गाउँपालिका र सहकारी अभियानको तर्फबाट सहकारी क्षेत्रको प्रवद्र्धन, विकास र नियमनका साथै सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि चौध बुँदे साझा प्रतिवद्धतापत्र जारी भएको छ ।
दोलखाको तामाकोशी गाउँपालिका सहकारी शाखाको आयोजनामा सहकारी क्षेत्रमा देखिएका समस्या समधानका लागि गाउँपालिका र सहकारी अभियानको भुमिकाको विषयमा बृहत छलफल कायक्रममा सो पत्र जारी भएको हो ।
तामाकोशी गाउँपालिका भित्र पालिकामा सुचिकृत भएका ३३ वटा सहकारी रहेका छन भने पालिका भित्र ५८ वटा सहकारी रहेका छन् । जस्मा तामाकोशी गाउँपालिका नियमन भित्र ४८ वटा, बागमती प्रदेश नियमन भित्र १० वटा रहेका छन् । तामाकोशी भित्रका सहकारी संस्थाको कुल शेयर पुँजी ६ करोड ४९ लाख २९ कजार ६ सय रहेको छ भने कुल पुँजी ८९ करोड ५० लाख ६७ हजार ८ सय ८२ रहेको गाउँपालिकाका सहकारी शाखा प्रमुख पवन राज फुयालले वताउँनु भयो ।
गाउँपालिका भित्र संचालित सहकारी संस्थाका अध्यक्ष, कोषाध्यक्ष र व्यवस्थापकहरुको उपस्थिति छलफल कार्यक्रम सम्पन्न भएको हो । तामाकोशी गाउँपालिकाको सहकारी समन्वय समितिका अध्यक्ष पर्शुराम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी व्यवस्थापनका विषयमा गहन रुपमा छलफल भएको थियो । कार्यक्रममा ऐन तथा नियमावलीको कार्यान्वयन, प्रविधिको प्रयोग, आन्तरिक नियन्त्रण, सुरक्षा व्यवस्था, ऋण व्यवस्थापन, बचत व्यवस्थापन, संस्था खारेजी, स्तरीकरण, सदस्य पहिचान फारम, साझेदारी कार्यक्रम, संम्पति शुद्धिकरण, अनुगमन निरीक्षण आदि विषयमा गहन रुपमा छलफल भएकोे थियो । पालिकाको सभाहलमा भएको कार्यक्रममा .गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप के.सीले सहकारीहरुसँग मिलेर गाउँपालिकाले विद्यार्थी शैक्षिक वचत कार्यक्रम, साझेदारी कार्यक्रम लगायत सहकारी प्रर्वदनका लागि विभिन्न काम गरिरहेको बतााउँनु भयो । कार्यक्रममा उपाध्यक्ष सृजना खड्का सुवेदीले पालिका भित्रका सहकारीमा सुशासन कायम हुनुपर्नेमा जोड दिनुभयो ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप के.सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवस राज खड्का, दोलखा जिल्ला सहकारी संघका अध्यक्ष देवी प्रसाद शर्मा, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्का, तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटका वडा अध्यक्ष बसन्त थापा लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको सहजिकरण र सहकारी संस्थाहरुका अवस्थाको बारेमा पालिकाका सहकारी शाखा प्रमुख पवनराज फुयाँलेले प्रतिवेदन गर्नुभएको थियो ।