दिपक बस्नेत
मंसिर १९, तामाकोशी ।
दोलखाको प्रदेशसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले भारी मतसहित विजयी हुनु भएको छ ।
काफ्लले प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको हो । काफ्लेले २२ हजार ७ सय ९७ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिद्धन्द्धी श्रेष्ठले १४ हजार ७ सय ५५ मत प्राप्त गर्नु भएको छ ।काफ्ले ८ हजार २२ बढी मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको छ बिद्यार्थी राजनीतिवाट उदाएका कांग्रेस नेता काफ्ले पछिल्लो पटक जनताले रुचाएका युवा नेता हुनुहुन्छ । कांग्रसका केन्द्रिय सदस्य समेत रहेका उहाँले विगतमा राजतन्त्र बिरोधी आन्दोलनमा अग्रमोर्चामा खटिएर नेतृत्व गर्नु भएको थियो । तामाकोशी गाउँपालिका वडा नम्बर तीन जफे निवासि काफ्ले सानैदेखि राजनितिमा होमिनु भएको थियो । उहाँ दोलखा प्रदेश क बाट गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो ।