दोलखाको मेलुुङमा रहेको गाउँघर सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । किसानहरुको आत्मनिर्भतामा केन्द्रित रहेर कार्य गरिरहेको कार्यक्रममा शुभकामना दिने वक्ताहरूले व्यक्त गर्नुभएको छ ।
विगत ११ बर्षदेखि कृषकहरुसंग प्रत्यक्ष सरोकार राख्दै बचत, ऋण प्रवाहको अलवा स्वरोजगारमूलक तालिम, विउ– विजन वितरण, कृषि प्रविधि सहयोग लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको गाँउघर साना किसान कृषि सहकारी संस्था लि.मेलुङ दोलखाले यहाँका नागरिकहरुको रोजगारीका लागि बिभिन्न कार्यहर गरिरहेको आफ्नो बुधवार १२ औ बार्षिक साधारणसभाको प्रस्तुत प्रतिबेदनमा उललेख गरेको छ ।सो अवसरमा बागमति प्रदेशका कृषि तथा पशुपंक्षि विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले कृषि क्षेत्रको विकासको लागि प्रदेश सरकारले उच्च प्राथामिकता दिएको उल्लेख गर्नुहुदै सहकारीहरुको भूमिका पनि प्रशंसनिय रहेको बताउनु भयो । मन्त्री डा. श्रेष्ठले कृषि उत्पादनमा बृद्धि, घरेलु तथा साना उद्योगको विकास तथा स्थानीय स्तरमा रोजगारी सृजना गर्ने कुरामा स्थानीय पालिकाहरुसंगै सबै क्षेत्रको सहभागिता आवश्यक रहने बताउनु भयो ।
दोलखाको मेलुङ गाँउपालिका अध्यक्ष हिराकुमार थोकरले कृषि तथा पशुपालको क्षेत्रलाई उत्पादन मूलक र रोजगारी मूलक बनाउने कुरामा पालिकाको पूर्ण सहयोग रहेको उल्लेख गर्नुहुदै किसानहरुलाई पालिकाको तर्फबाट आवश्यक कृषि प्रविधि, प्राविधिक सहयोग र विउ– विजनहरु समेत उपलब्ध गराउदै आएको बताउनु भयो । गाँउघर साना किसान कृषि सहकारी संस्था लि.मेलुङका अध्यक्ष श्रीराज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिभिन्न बिशिष्ट ब्यक्तिहरुले शुुभकामना ब्यक्त गरेका थिए ।