दिपक बस्नेत
दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर ३ जफेमा रहेको भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुर्दशन पोखरेलको सभापतित्व भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व संस्कृति ,पर्यटन तथा नागरिक उड्डेयनमन्त्री आनन्द प्रसाद पोखरेलले उद्घाटन गर्नुभएको थियो ।
आफ्नो २४ औं वार्षिक साधारणसभाको अवसरमा भिजन बचत तथा ऋण सहकारी संस्थाले नयाँ ११ सदस्यीय सञ्चालक समितिको घोषण पनि गरेको छ । नयाँ बनेको सञ्चालक समितिको अध्यक्षमा विदुर पोखरेल रहनु भएको छ । उपाध्यक्षमा रविन्द्र पोखरेल, सचिव बद्री पौडेल, सहसचिव भक्त कुमारी कार्की, कोषाध्यक्ष रमेश भुजेल चयन हुनुभएको छ भने सदस्यहरूमा रामबहादुर राय क्षेत्री, ताराकुमारी भण्डारी, सीता कार्की, आकृति तामाङ, गीता पोखरेल रहनु भएको छ । यस्तै लेखा सुपरीवेक्षण समिति पनि गठन गरिएको छ ।
२०५३ साल भदौमा दर्ता भएको संस्थाको कुल पुँजी १३ करोड २९ लाख ६८ हजार ३ सय ७२ रुपैयाँ रहेको संस्थाले जनाएको छ । कार्यक्रममा लेखापरीक्षण प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लगायतका प्रतिवेदनहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेफ्कुन सञ्चालक जिवसराज खड्का, जिल्ला सहकारी संघका दोखलाका अध्यक्ष देवीप्रसाद शर्मा, जिल्ला बचत संघका उपाध्यक्ष जगत प्रसाद सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । संस्थालाई विगत लामो समय संस्थाका निवर्तमान अध्यक्ष सुर्दशन पोखरेलले नेतृत्व गरिरहनु भएको थियो ।