दिपक बस्नेत
मंसिर १९, तामाकोशी ।
दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी हुनुभएको छ ।
नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । गठबन्धनका साझा उम्मेदवार कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४ सय ८२ मत प्रप्त गर्नु भएको थियो । कार्की र शिवाकोटी विचको मतान्तर ३ सय १७ रहेको छ ।
नेकपा एमालेका उम्मेदवार शिवाकोटीले क्षेत्र २ मा राम्रो मत पाएपनि जित्न सक्नु भएन ।
विजयी सँगै २०४८ सालदेखि राजनीतिमा सक्रिय रहेका जिल्लाका पुराना नेताले दोलखाको हितमा काम गर्ने अधिकार प्राप्त गर्नु भएको छ । अहिले सम्म संसदीय पदमा नपुगेका कार्कीलाई पहिलो पटक दोलखाली जनताले जिताएर संसदमा पु¥याएका छन् । अब दोलखा विकासको जिम्मेवारी माओवादी नेता कार्कीको काँधमा आएको छ । उहाँ जिल्लाका प्रभावशाली, इमान्दार र निष्ठावान नेताका रुपमा परिचित हुनुहुन्छ ।
प्रदेशसभातर्फ भने हिजै क्षेत्र १ मा कांग्रेसका केन्द्रिय सदस्य कुण्दनराज काफ्ले र २ बाट एमालेका भरत केसी निर्वाचित भइसक्नु भएको छ । काफ्लेले भारी मतान्तरले एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गर्नु भएको छ भने केसीले कांग्रेसका बर्मा लामालाई पराजित गरेर जित निकाल्नु भएको छ ।