नेकपा एमाले दोलखाको दशौं जिल्ला अधिवेशनबाट अध्यक्षमा नर बहादुर श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
नयाँ नेतृत्व चयनका लागि भएको मतदानको अन्तिम मतपरिणाम अनुसार ३ सय ३३ मत ल्याउर्दै श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । श्रेष्ठले प्रतिस्पर्धी इश्वर चन्द्र पोखरेल र भरत प्रसाद दुलाललाई पछि पार्दै विजयी हुनु भएको हो । पोखरेलले २ सय ३८ र दुलालले ३८ मत प्राप्त गर्नु भएको छ ।
नेकपा एमाले दोलखाको उपाध्यक्ष पदमा राजेन्द्र मानन्धर विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी हिरा थोकरलाई ७३ मतले पछि पार्दै मानन्धर विजयी हुनु भएको हो । मानन्धरले ३ सय ३६ र थोकरले २ सय ६३ मत प्राप्त गर्नु भएको छ । सचिव पदमा स्वयम बहादुर खड्का विजयी हुनु भएको छ । खड्काले ३ सय ४ मत प्राप्त गर्दै विजयी हुनु भयो । उहाँका प्रतिस्पर्धी कृष्ण बहादुर बस्नेतले २ सय ८४ मत प्राप्त गर्नुभएको थियो ।
खुल्ला उपसचिवमा हरि ओली विजयी हुनु भएको छ । ओलीले १ सय ६१ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । प्रतिस्पर्धी विदुर शर्माले १ सय ४५ मत प्राप्त गर्नु भएको छ । उपसचिबकै प्रतिस्पर्धीहरु ईश्वर न्यौपानेले १ सय १५, टपेन्द्र खड्काले ७२ धन बहादुर तामाङले ६४ मत प्राप्त गर्नु भएको छ । महिला उपसचिवमा भने कमला बस्नेत विजयी हुनु भएको छ । २ सय ७७ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । बस्नेतका प्रतिस्पर्धी मेनुका सुवेदी ७७ मतले पराजित हुनु भएको छ । सुवेदीले २ सय ५ मत प्राप्त गर्नु भएको थियो । यस्तै गोमा केसीले ७१ र सिता केसीले ३१ मत प्राप्त गर्नु भएको छ । बस्नेत यस अगि पनि उपसचिब रहनु भएको थियो । सुरुवाती चरणमा अध्यक्षसहित पदाधिकारीको मतगणना भएको थियो । एमाले दोलखाको माघ २२ गते बाट सुरु भएको १० आँै जिल्ला अधिवेसनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न नसकेपछि मतदान गरिएको थियो ।