दिपक बस्नेत  
असार ७, तामाकोशी । 
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका स्थानियले गाउँपालिकालाई ५० रोपनी जग्गा हस्तान्तरण गरेका छन । 
दोलखाको तामाकोशी गाउँपालिकामा स्थायी केन्द्र निर्धारण र संरचना निर्माणका लागि गाउँपालिकाको वडा नम्बर ४ मालुको छापडाँडामा ५० रोपनी व्यक्तिको नाममा रहेको जग्गा गाउँपालिकालाई उपलब्ध गराउँने निर्णयसँगै आबश्यक निर्णय गाउँपालिकालाई गस्तान्तरण गरेका हुन । 
तामाकोशी गाउँपालिकाले स्थायी केन्द्र निधारण र संरचना निर्णमाणका लागि पहिलो बैठकबाट निर्णय गरि  गाउँपालिकाको वडा नम्बर ३ जफेको चनौटे देखि सहरे मालुको सिमाना भित्र पिच सडकको केहि दुरीमा पर्ने गरि जग्गा उपलव्ध गराउँन सूचना जारि गरेको थियो । सोहि सूचनालाई आधारमानि गाउँपालिकाको वडा नम्बर ४ मालु छापडाँडको जग्गा उपलव्ध गराएको संयोजक पुष्कर खड्काले जानकारी दिनु भयो । 
संयोजक खड्का अनुसार विभिन्न व्यक्तिहरुको नाममा रहेको ३३ कित्ता जग्गा सवै जग्गाधनीहरुको छलफलबाट गाउँपालिकालाई आवश्यक पर्ने जग्गा निशुल्क उपलव्ध गराउँने निर्णय भएको हो । यस भन्दा अगाडी जफेको मानेडाँडमापनि पालिकाका लागि केहि सार्वजनिक सहित आवश्यक जग्गा हस्तान्तरण गरिएको सार्वजनिक गरिएको थियो । केहि जग्गामा विवाद रहेपनि हामीले सवै विवाद मिलाएर सवैको सहमति अनुसार जग्गा हस्तान्तरण गरिएको वडा नम्बर ४ मालुका वडा अध्यक्ष नारायण खड्का सुरजले बताउँनु भयो । 
                                    
                                    
                                     3 वर्ष पहिले 
                                                  
                                                3629 Post Views
 3 वर्ष पहिले 
                                                  
                                                3629 Post Views
                                            
                                            
                                        