दिपक बस्नेत
चैत २०, तामाकोशी ।
तामाकोशी गाउँपालिकाले ६६ औं राष्ट्रिय सहकारी दिवस २०७९ को अवसरमा २ दिने कोपोमीस तालिम संचालन गरेको छ ।
"सहकारीको दीगोपन र स्वनियमन र सुशासन" भन्ने नाराका साथ दिवसको अवसरमा पालिका भित्रका सहकारी संस्थाका संचालक समिति र कर्मचारीलाई कोपोमीस तालिम संचालन गरिएको हो । तामाकोशी गाउँपालिका सहकारी समुन्वय समिति संयोजक पशुराम कार्कीको सभापतित्वमा भएको कार्यममा दिवस मनाउँनुको साथै तालिम संचालन गरेको छ ।
तामाकोशी गाउँपालिका सहकारी शाखाको आयोजनामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि उपाध्यक्ष सृजना खड्का सुवेदी, दोलखा जिल्ला सहकारी संघका उपाध्यक्ष देवी प्रसाद शर्मा, गाउँपालिकाका सामाजिक विकास विभाग समिति संयोजक तथा वडा नम्बर ५ सहरेका अध्यक्ष शुम्भु प्रसाद फुयाँल, दियालो महिला वचत तथा ऋण सहकारी संस्था जफेका अध्यक्ष अम्विका पोखरेल, च्यामा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तामप्रसाद आपागाँई, शंकेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्रप्रसाद चौलागाँई, खिम्ती ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष सेरबहादुर खड्का लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण तामाकोशी गाउँपालिकाका सुचना अधिकृत तथा सहकारी शाखा प्रमुख पवन राज फुयाँलले गर्नु भएको थियो ।
दिवसको अवसरमा संचालन गरिएको तालिम उद्घाटन सत्रममा सहकारीको आवश्यकता, विक्रिती, चुनौती, स्थानिय सरकारले गर्नुपर्ने काम, गरेका काम, आगामि दिनमा गर्नुपर्ने काम आदि विषयमा चर्चा गरिएको थियो भने दुई दिने तालिमको सहजिकरण सहकारी शाखा प्रमुख फुयाँलले गर्ने बताइएको छ ।