दिपक बस्नेत
चैत १७, तामाकोशी ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा केन्द्र तामाकोशी गाउँपालिकाको गोल्मेश्वर माध्यमिक विद्यालयमा विहान आठ बजेबाट परिक्षा संचालन भएको छ ।
गोल्मेश्वर परीक्षा केन्दमा पालिका भित्रका सिद्धेश्वर माध्यामिक विद्यालय मालु, गुप्तेश्वर माध्यमिक विद्यालय मालु , जनजाग्रिती माध्यमिक विद्यालय सहरे, त्रिकुटेश्वर माध्यमिक विद्यालय सहरे, महेन्द्र माध्यमिक विद्यालय च्यामा, कालिका माध्यमिक विद्यालय हाँवा, सीतापाइला माध्यमिक विद्यालय जफे र कालापानि माध्यमिक विद्यालय जफेका विद्यार्थीको सहभागिता रहेको छ ।
गोल्मेश्वर परीक्षा केन्द्रमा जम्मा परीक्षा दिनेविद्यार्थीको संख्या २ सय ४ जना भएपनि ३ जना विद्यार्थी परीक्षामा सहभागि नभएकाले २ सय १ जना परीक्षामा सहभागि भएर परीक्षा दिईरहनु भएको केन्द्रा अध्यक्ष संजिव कुमार खड्काले जानकारी दिनुभयो । परीक्षमा सहभागि विद्यार्थीका लागि स्वास्थ्य समस्या भएमा सहजता अपनाउँन तामाकोशी तामाकोशी गाउँपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य हेल्प डेक्सको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रले जानकारि दिनुभयो ।
माध्यमिक शिक्षा परीक्षा एसईई विहान आठ बजेबाट देश भर संचालन भएको विभिन्न संचालर माध्यमहरुले जनाएका छन् । दोलखा जिल्लाका विभिन्न परीक्षा केन्दहरुमा पनि निर्धारित समयमा संचालन भएको जनाइएको छ । एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।