दिपक बस्नेत
दोलखाको तामाकोशी गाउँपालिकामा अन्तर विद्यालयस्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
पाँचौ रनिङ शिल्ड प्रतियोगिता २०८० उपाधि गोल्मेश्वर मावि मालुले यो पटक पनि पोल्टामा पार्न सफल भएको छ । तामाकोशी गाउँपालिका वडा नम्वर ७ हाँवाको सुन्दर खेलमैदानमा सम्पन्न खेलमा दोस्रो उपाधि भने श्री सीतापाईला मावि जफेले पुन आफ्नो पोल्टामा पार्न सफल भएको छ भने तृतिय स्थान खिम्ती प्रोजेक्ट स्कुल सहरेले हात पारेको छ । विभिन्न विधामा भएको खेलमा गोल्मेश्वर माविमालुले ६ स्वर्ण, १ रजत र ४ काँस्य गरि शिल्ड हात परेको हो । दोस्रो हुने सितापाइला मावि जफेले ६ स्वर्ण, १ रजत र ३ काँस्यमा जित हाँसिल गरेको थियो । यस्तै तेस्रो हुने खिम्ती प्रोजक्ट स्कूलले ३ स्वर्ण, ४ रजत र १ काँस्यमा जित निकालेको थियो ।
यो पटक गोल्मेश्वर माविलाई शिल्ड हात पार्न निकै चुनौति भएको थियो तर चुनौतिलाई सामना गर्दै शिल्ड आफ्नै पोल्टामा पार्न सफल भएको छ । शिल्ड हात पार्न सितापाईला माविले खेलाडीहरुलाई उत्कृष्ठ तरिकाले तयारी गरेको थियो । तर एक काँस्यले गर्दा शिल्ड फुत्किएको छ । प्रतियोगिता हेर्दा विगतका बर्षहरुमा भन्दा सवै विद्यालयले खेल क्षेत्रमा निक्कै सुधार सुधार गरेको प्रतियोगिता हर्ने दर्शकको भनाई रहेको छ ।
प्रतियोगितामा पालिका भित्रका १० वटा विद्यालयले सहभागिता जनाएका थिए । तामाकोशी गाउँपालिकाको आयोजना र कालिका माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको खेल निक्कै रोमान्चक देखिएको थियो । विगताका वर्षहरुवाट पाठ शिक्दै व्यवस्थापन गरिएकाले प्रतियोगिता यो पटक हामि उत्कृष्ट तरिकाले सफल भएको आयोजक विद्यालयका प्रधानाध्यपक भरत मुखियाले बताउँनु भयो ।
तामाकोशी गाउँपालिका वडा नम्वर ७ हाँवाका वडा अध्यक्ष खुश बहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा पालिकाका उपाध्यक्ष सृजना सुवेदी, शिक्षा शाखा प्रमुख विमल निरौला, वडा नम्बर ४ वडाअध्यक्ष नरायण खड्का, ५ नम्बरका वडा अध्यक्ष शम्भु प्रसाद फुयाँल, ३ नम्ब्रका वडा अध्यक्ष रामप्रसाद काफ्ले, २ नम्बरका कार्यवाहक वडा अध्यक्ष नानिकाजी तमाङ, १ नम्बरका वडा अध्यक्ष बसन्ता थापा, ६ नम्बरका वडा अध्यक्ष कृष्ण प्रसाद फुयाँल, शिक्षा विकास समिति सदस्य गोपाल तिमल्सिना, वडा सदस्य लगाएतले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगिता मंसिर २७ गतेवाट सुरु भएको थियो ।