दोलखाको मेलुङ्ग गाउँपालिका वडा नम्वर १ पवटीमा वस दुर्घटना हुँदा घाइते भएका दुई जनालाई काठ्माडौ पठाइयो ।

0
Advertisement

साउन ३ तामाकोशी । दोलखाको मेलुङ्ग गाउँपालिका वडा नम्वर १ पवटीमा यात्रुवाहाक वस दुर्घटना हुँदा घाइते भएका तीन जना मध्ये दुई जनालाई काठ्माडौ लागिएको छ  ।

दुर्घटानामा परि घाइते भएका मेलुङ्ग गाउँपालिका वडा नम्वर एक पवटीका ४२ बर्षिय रामचन्द्र खड्का र सोही ठाउँकी पैंतालिस बर्षिया गोमा खड्कालाई काठ्माडौ पठाइएको दोलखा प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक रेसम बोहराले जानकारि दिनु भयो ।  अर्का गम्भिर घाइते पवटीका ६५ बर्षका माइला तामाङ्गको चरिकोट स्थीत प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

आज  बिहान १७ जना यात्रु बोकेर पवटीबाट चरिकोटतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बस पश्चिमी दोलखाको पवटीस्थित सिम्टेमा दुर्घटना हुँदा २ महिला सहित ३ जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका निमित्त प्रमुख असई राजकुमार दुलालले जानकारी दिनु भयो  । बस सडकबाट करिब १० मिटर तल खसेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्राप्त घाईतेहरुको नामावली :
१. जिल्ला दोलखा मेलुङ गा.पा. १ पोवटी बस्ने बर्ष ३१ को नबिन प्र.ओली (अबस्था खुट्टामा चोट, सामान्य)
२. २. ऐ.ऐ. बस्ने बर्ष २८ की सलिना खड्का (टाउको पछाडी सुनिएको अबस्था सामान्य)
३. ऐ।ऐ। बस्ने बर्ष २४ की कबिता ओली (शरिरको बिभिन्न ठाउंमा चोट अबस्था सामान्य)
४. ऐ.ऐ. बस्ने बर्ष ४२को रामचन्द्र खड्का (शरिरमा चोट नदेखिएको तर नबोल्ने)
५. ऐ. कालिन्चोक गा.पा. ३ लामिडांडा बस्ने बर्ष २९ की पबित्रा शिवाकोटी (निधारमा चोट अबस्था सामान्य)
६. ऐ.ऐ. बस्ने बर्ष २ को प्रमोद शिवाकोटी (टाउकोमा चोट अबस्था सामान्य)
७. ऐ। मेलुङ १ पोगटी बस्ने बर्ष २६ को प्रकाश नेपाली (कम्मरमा चोट अबस्था मध्यम)
८. ऐ. ऐ. बस्ने बर्ष २२को देबेन्द्र बहादुर बस्नेत (ढाडमा चोट अबस्था सामान्य)
९. ऐ.जि. दोलखा शैलुङ गा।पा।३ बस्ने बर्ष ३८ को लक्ष्मी तामाङ (टाउको र दायां खुट्टामा फ्याक्चर)
१०. ऐ. भि.न.पा. ३ बस्ने बर्ष ३८ की धनमाया शिवाकोटी (टाउकोमा चोट अबस्था सामान्य)
११. ऐ. कालिन्चोक गा।पा। ९ बस्ने बर्ष ५९ को जनक राज शिवाकोटी (छातीमा चोट अबस्था सामान्य)
१२. ऐ.ऐ. बस्ने बर्ष ६५ को रुम्बा माइला तामाङ (कम्मरमा चोट अबस्था मध्यम)
१३. ऐ.ऐ. बस्ने बर्ष ४५ की गोमा खड्का बायां हातमा चोट अबस्था मध्यम (गाडिले हात थिचिएको महिला)
१४. ऐ.ऐ. बस्ने बर्ष ३५ की सोनी तामाङ शरिरमा भित्री चोट (अबस्था मध्यम)
१५. ऐ.ऐ. मेलुङ गा.पा. १ बस्ने बर्ष ५१ को रत्न बहादुर उपरकोटी (दाहिने हातमा चोट अबस्था सामान्य)
१६. ऐ. ऐ. बस्ने बर्ष २२ को बिकेन्द्र बस्नेत (दायां खुट्टामा चोट अबस्था सामान्य)
१७. ऐ. बस्ने बर्ष ३१ को हरिचन्द्र थपलिया (मुखमा चोट अबस्था सामान्य)
१८. ऐ.ऐ. बस्ने बर्ष ४५ को कृष्ण थपलिया (बायां हातमा चोट अबस्था सामान्य)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here