यात्रुवाहाक वस दुर्घटना हुँदा तीन जना गम्भिर घाइते

0
Advertisement


साउन ३ तामाकोशी । दोलखाको मेलुङ्ग गाउँपालिका वडा नम्वर १ पवटीमा यात्रुवाहाक वस दुर्घटना हुँदा तीन जना गम्भिर घाइते भएका छन् ।

मेलुङ्ग गाउँपालिका वडा नम्वर १ सिम्टेवाट १९ जना यात्रु लिएर चरिकोटका लागि छुटेको यात्रुवाहाक वस आज विहान पवटीको तिरतिरे धारामा दुर्घटना भएको मेलुङ्ग गाउँपालिका वडा नम्वर १ पवटीका वडा अध्यक्ष ईश्वर कोइरालाले जानकारी दिनु भयो ।
सिम्टे स्कूलवाट १९ जना यत्रु लिएर हिडेको वा ५ ख ६५९० नम्वरको वसमा रहेका सवै यत्रु घाइते भएका छन । दुर्घटनामा गम्भिर घाइतेको उपचारको लागि चरिकोट लगिएको छ । अन्य घाइतेलाई उपचारको लागि चरिकोट लाने तयारी भइरहेको वाडा अध्यक्ष कोइरालाले जानकारि दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here