उपाध्यक्ष भण्डारीले जन्म दिनको अवसरमा कोभिड १९ उपचार कोषमा नगद सहयोग प्रदान

0
Advertisement

विश्व माहामरी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ उपचार कोषमा तामाकोशी सञ्चार केन्द्र द्धरा संचालित तामाकोशी एफ एम ९५ मेगहर्जका उपाध्यक्ष उमेश भण्डारीले नगद सहयोग प्रदान गर्नु भएको छ ।

उपाध्यक्ष भण्डारीले आज जन्म दिनको अवसरमा सरकारले खडा गरेको कोभिड १९ उपचार कोषमा ५ हजार रुपैयाँ जम्मा गर्नुभएको हो । उहाँ दोलखा मेलुङ गाउँपालिकाका वडा न. ७ स्थाई घर भई हाल काठमाण्डौं मा बस्दै आउनु भएको छ । उहाँ युवा उद्यमी, कलकार साथै संचारकर्मी पनि हुनुहुन्छ ।

कोभिड १९ को महामारीको समयमा फजुल खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सन्देश प्रवाह गर्ने उदेश्यले जन्मदिनमा काट्ने केकको मूल्य बराबरको रकम उपचार कोषको सरकारी खातामा जम्मा गरिदिएको भण्डारीले बताउनुभयो ।

उपाध्यक्ष भण्डारीले यो सन्देश दिन खोज्नुभएको छ की फजुल खर्च नगरि यस्तो संकटको वेलामा सहयोग गरौं भन्ने सन्देश समेत दिनुभएको छ । विश्वव्यापी महामारीका कारण नेपालमा पनि धेरैको रोजीरोटी खोसिएको उल्लेख गर्दै दैनिक ज्यालादरीमा काम गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुलाई सबैले आ आफ्नो तर्फबाट सहयोग गर्न पनि अपील गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here