बागमती प्रदेशकाे आर्थिक वर्ष २०७७ /७८ काे ५१ अर्ब ४२ करोड ७४ लाख बजेट प्रस्तुत

0
bagmati-province
Advertisement

बागमती प्रदेशकाे आर्थिक वर्ष २०७७ /७८ काे कुल बजेट ५१ अर्ब ४२ करोड ७४ लाख बजेट प्रस्तुत कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई प्राथमिकतामा राखेको छ । प्रदेशभित्र बाबुआमा दुबै अभिभावक गुमाएका बालबालिकाले प्रदेश सरकारबाट अब मासिक २ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।

यसबाहेक सरकारले कोभिड १९ को असरपछि रोजगारीमा समस्या परेका महिला लघु उद्यमीको पुनरुत्थानमा समेत बजेट राखेको बताएको छ ।

सामुदायिक विद्यालयका विद्यार्थीको समग्र स्वास्थ्य सेवा सुधार गर्न प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमलाई सबै स्थानीय तहका थप दुई/दुई विद्यालयमा बिस्तार गरिने भएको छ । सो प्रयोजनका लागि मात्र २० करोड रुपैयाँ  राखिएको छ ।

सरकारले यसअघि प्रदेशभित्र दूध उत्पादक कृषकलाई प्रतिलिटर एक रुपैयाँ अनुदान दिँदै आएको अनुदान शतप्रतिशत बढाएको छ । धान, मकै र गहुँको उत्पादनमा आधारित उन्नत बीमा प्रतिकेजी २० रुपैयाँका दरले प्रोेत्साहन दिइने भएको छ । आफ्नै स्रोत आफ्नै उद्यम अभियानबाट थप १४६४ रोजगारी सिर्जना गरिने भएको छ ।

सरकारले संरक्षित कृषि सुनिश्चित बजेट नारासहित धान, मकै, गहुँ, कोदोर, फापर र आलुमा न्यूनतम बचत ग्यारेन्टीसहित समर्थन मूल्य तोक्ने घोषणा समेत सरकारले गरेको छ ।

सरकारले नयाँ ज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र व्यवसायिक उपयोगको नीति लिएको बताएको छ । यसका लागि नवप्रवर्तक व्यक्ति वा संस्थालाई उत्प्रेरण गर्न युवा वैज्ञानिक प्रोत्साहन कोष खडा हुने भएको छ । कोषमा सरकारले ५ करोड रुपैयाँ राख्ने घोषणा गरेको छ । व्यवसाय प्रवर्द्धनमा समेत यस्तै कोषको अवधारणा सरकारले ल्याएको छ । बागमति प्रदेशका सबै निर्वाचन क्षेत्रमा पूर्वाधार आत्मनिर्भर रोजगार कार्यक्रम संचालन हुने भएको छ । यसका लागि हरेक निर्वाचन क्षेत्रमा १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पूर्णपाठ हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here