सांसद गिरीलाई कारबाहीको चेतावनी

0
Advertisement

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी संसदीय दलको निर्देशन विना संविधान संशोधन विधेयक खारेज गर्न प्रस्ताव दर्ता गराएको भन्दै कारबाहीको चेतावनी दिएको छ । समाजवादी पार्टीले आज एक विज्ञप्ती जारी गर्दै सांसद गिरीले सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराए सँगै प्रस्ताव फिर्ता लिन निर्देशन दिदै फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको हो । सांसद गिरीले आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराउनु भएको हो । संघीय संसद सचिवालयमा दर्ता गराएको उहाँको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्सा अनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग गरिएको छ । पार्टीमा सल्लाह नगरी, संसदीय दलको निर्देशन विना संशोधन हालेको भन्दै समाजवादी पार्टीले सांसद गिरीलाई उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here