नेपालको तराईमा भित्रिएका सलह काठमाडौं उपत्यकासहित धेरै जिल्लामा पुग्याे

0
Advertisement

१७ असार २०७७

अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै नेपालको तराईमा भित्रिएका सलह काठमाडौंमा पनि देखिएको छ ।  भारतको राजस्थानबाट उडेको सलहको ठूलो झुण्ड नयाँ दिल्ली हुँदै अघि बढेको र वायुको बहावमा आएको नाटकीय परिवर्तनले नेपाल जोखिममा परेको छ ।

रूपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह मंगलबार काठमाडौंमा पनि देखिएका हुन् । सलहको झुन्ड लाखौं वा करोडौंको संख्यामा हुन्छ। तर काठमाडौंमा देखापरेको सलहको झुन्ड त्यस्तो ठूलो खालको देखिएको छैन । नेपालमा मनसुन सुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ।

प्लान्टक्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र मातहतको सलह सूचना केन्द्र पनि स्थापना भइसकेको छ । केन्द्रले सलह देखिए वा उडेको कुनै पनि सूचना भए तत्काल स्थानीय तह, कृषिका कर्मचारी वा कृषि मन्त्रालय तथा केन्द्रमा खबर गर्न पनि स्थानीयसँग आग्रह गरेको छ ।

तराइमा धान र पहाडमा मकै खेतीको मुख्य सिजन भएकाले किसानहरु सलह पसेको खबरसंगै चिन्तीत भएका छन् । यो किरा जहाँ बस्छ त्यहा ठूलो क्षति गर्ने गर्ने गर्दछ ।

प्रदेश १ को पाँचथर, खोटाङ र उदयपुरमा सलहको प्रकोप देखिएको छ। प्रदेश २ मा थोरै संख्यामा बारा र सर्लाहीमा तथा अन्य जिल्लामा देखिएको थियो । प्रदेश ३ मा मकवानपुर, चितवन, सिन्धुली, धादिङ, ललितपुर, काठमाडौं, नुवाकोट, काभ्रे तथा रामेछाप गरी वाग्मती प्रदेशको ९ जिल्लामा देखिएको थियो । प्रदेश ५ को रूकुमपूर्व बाहेक सबै जिल्लामा सलह पुगेको छ । कर्णाली प्रदेशमा भने सुर्खेतमा मङ्गलबार २ झुण्ड मात्र सलह देखिएको छ । सुदूरपश्चिमका पाँच जिल्ला कैलाली, डडेल्धुरा, अछाम, बाजुरा र बैतडीका केही स्थानमा सलह देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here