काठमाडौं । हालदेशभर मनसुनीवायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीयरेखापश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जलतथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमानमहाशाखाले जनाएको छ।
महाशाखाकाअनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीप्रदेशका केही स्थानमातथाबाँकीप्रदेशको थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहितहल्कादेखि मध्यम वर्षा भइरहेको छ।
कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमाभारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशका केही स्थानमातथाबाँकीप्रदेशकाथोरै स्थानमाहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमाभारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमाभारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।