दिपक बस्नेत,
पुस २२,
तामाकोशी ।
तामाकोशी गाउँपालिकामा जिल्ला सहकारी संघ दोलखाको इकाई साधारण सभा सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा इकाई साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा तामाकोशी गाउँपालिका भित्रका ३१ ओटा सहकारीहका प्रतिनिधिको सहभागिता रहेको थियो ।
जिल्ला सहकारी संघको पन्ध्रौं बार्षिक साधारण सभा पुस २० गतेबाट उत्घाटन भई कोरोनाको महामरीका कारण विभिन्न क्षेत्रगत रुपमा संचालन हुदै पुस २९ गते समापन हुने उपाध्यक्ष देवि प्रसाद शर्माले जानकारी दिनु भयो ।
संघका उपाध्यक्ष देवि प्रसाद शर्माको अध्यक्षतामा भएको सभामा जिल्ला सहकारी संघको प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजनाको छलफल गरिएको थियो ।
तामाकोशी गाउँपालिकाका सहकारी संयोजक पर्शुराम कार्कीको आतिथ्यतामा भएको कार्यक्रम संघका कार्यसमिति सदस्य सुमित्रा फुँयालले कार्यक्रम संचालन गर्नुभएको थियो ।