गोल्मेश्वर माध्यमिक विद्यालय तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूको सामाजिक लेखा परिक्षण तथा बार्षिक उत्सव कार्यक्रम सम्पन्न

0
Advertisement


दिपक बस्नेत


पुस ९, तामाकोशी

गोल्मेश्वर माध्यमिक विद्यालय तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूलमा आज सामाजिक लेखा परिक्षण तथा बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समुन्वय समिति दोलखाका सदस्य गिता पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यपक सञ्जिव खड्काले आर्थिक बर्ष २०७६ ७७ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
बार्षिक उत्सवको अवसरमा आयोजित सामाजिक लेखा परिक्षणमा विद्यालयले आर्थिक बर्ष २०७६ ७७ मा १ करोड १९ लाख ३१ हजार ७ सय ६७ रुपैयाँ आम्दानि गरेको छ भने एक करोड ५ लाख ८३ हजार ८ सय ९७ रुपैयाँ खर्च गरेको छ । विद्यालयमा हाल ४५३ जना विद्यार्थी अध्यनरत रहेका छन् भने ३१ कोठे भवन,खानेपानी, फर्निचर, सौचालयको राम्रो व्यवस्था रहेको जनाइएको छ ।
विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष कुवेर पोखरेलको अध्यक्ष्तामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तथा वर्तमान सदस्य हरि शंकर पोखरेल, निरबहादुर श्रेष्ठले विद्यालयको उन्नति प्रगतिको लागि आफू हरतवरले लाग्ने र विद्यालयले अग्रेजी माध्यमबाट पढाइ सुरु गर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा नेकपा गाउँपार्टी सचिव राजन पोखरेल नेपाली कांग्रेसका गाउँपार्टी सभापति मोहन पोखरेलले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य, जग्गा दाता प्रतिनिधि, महिला समूहका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो । बार्षिक उत्सवमा विद्यार्थीहरुका लागि विभिन्न खेलकूद र हाजिर जवाफ प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगि विद्यार्थी खेलाडिलाई पुरस्कारको व्यवस्था गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here