तामाकोशी गाउँपालिकामा नमूना पोषण पाठशाला स्थापना

0
Advertisement

दिपक बस्नेत

पुस २, तामाकोशी ।

तामाकोशी गाउँपालिकामा नमूना पोषण पाठशाला स्थापना भएको छ । नेपाल सरकार कृषि तथा पशुपंन्छी विकास मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर ईकाई सिन्धुपाल्चोक, संयुक्त राष्ट्रसंघीय खाद्या तथा कृषि संगठन (एफ.ए.ओ) र ग्रामिण विकास टुकी संघ दोलखा द्धरा गाउँपालिकामा नमुना पोषण पाठशाला स्थापना भएको हो ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नमुना पोषण पाठशाला स्थापनाको लागि तयारी वैठक बसेको पोषण विषेसज्ञ अनुप थोकरले जानकारी दिनुभयो ।
तामाकोशी गाउँपालिका वडा नम्वर तीनका वडा अध्यक्ष राम प्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा विषेसगरि सुनौलो हजारदिने आमालाई लक्षित गरि संचालन गरिने बताइएको छ । कार्यक्रममा तामाकोशी गाउँपालिकाका उपप्रमुख उर्मिला खड्का के.सी, ग्रमिण विकास टुकी संघका कार्यक्रम सम्र्पक व्यक्ति मुकुन्द दाहाल लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here