दिपक बस्नेत
तामाकोशी, मंसिर १५ गते ।
तामाकोशी गाउँपालिकामा गाउँपालिका स्तरीय अस्पताल भवनको आज एक कार्यक्रमका विच शिलान्यास गरिएको छ ।
देशभरका ३ सय ९६ स्थानिय तहमा निर्माण हुन लागेको आधारभूत अस्पतालको एकसाथ शिलान्यास गर्ने कार्यक्रम अनुसार तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालू भस्मे जामुनेमा गाउँपालिका स्तरिय अस्पताल भवनको शिलान्यास भएको हो ।
तामाकोशी गाउँपालिकामा निमार्ण हुन लागेको १० बेड क्षमताको अस्पताल एक कार्यक्रमका विच तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले शिलान्यास गर्नुभयो ।
अस्पताल भवन शिलान्यस कार्यक्रममा बोल्नु हुदै तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेललले जग्गा दान गर्नुहुने महान व्यक्तित्वलाई धन्यवाद व्यक्त गर्नुभयो । गुणस्तरिय आधारभुत स्वास्थ्य सेवामा सवै नागरिकको पहुँच सुनिश्चित हुनेमा ढुक्क भएको बताउनु भयो । विगतमा सामान्य उपचारको लागि काठमाडौं र सदरमुकाम धाउनु पर्ने अवस्था थियो अव यहि सुविधा सम्पन्न अस्पताल हुने छ । विकासमा देशले धेरै फड्को मारेको छ उहाँको भनाई थियो ।

कार्यक्रममा तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी.ले अव तामाकोशी गाउँपालिकाका जनता साधारण उपचारको लागि सदरमुकाम र काठमाडौ धाउनु पर्ने अवस्था नरहने बताउनु भयो । अस्पताल भवन शिलान्यास कार्यक्रममा जिल्ला समुन्वय समिति सदस्य गिता पोखरेलले अस्पतालको लागि जग्गा दान गर्न पाएकोमा मेरा ससुरा बुवा एकदम खुसी हुनुहुन्छ उहाँको भनाई थियो ।

कार्यक्रममा तामाकोशी गाउँपालिकाका प्रवक्ता एवंम वडा नम्वर चारका वडा अध्यक्ष होम बहादुर श्रेष्ठ, जनप्रतिनिधि टंक बहादुर खड्का, प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र, गोल्मेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक संजिव खड्काले मन्तव्य व्यक्त गर्नु भएको थियो । अस्पताल निर्माणका लागि स्थानिय थिर कुमारी पोखरेल, जर्नाजन पोखरेल, राजन प्रसाद पोखरेल, पर्शुराम पोखरेल, पदम बहादुर खत्रीले नौ रोपनि जग्गा दान गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्र, लगाएतका अन्य कर्माचारी र स्थानियको उपस्थिति रहेको थियो ।
