तामाकोशी गाउँपालिका भित्रका विद्यालय मंसिर १५ गतेदेखि नियमित संचालनमा आउने

0
Advertisement

दिपक बस्नेत

तामाकोशी, मंसिर १२ गते ।

तामाकोशी गाउँपालिका भित्रका विद्यालय मंसिर १५ गतेदेखि नियमित संचालनमा आउने भएका छन् ।
गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यपकहरु सँग छलफल गरि नेपाल सरकारले तोकेको कोरोना भाइरस सम्वन्धि स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना हुनेगरि विद्यालय नियमित संचालन गर्न लागिएको तामाकोशी गाउँपालिकाका प्रशासकिय अधिकृत निमेष मिश्रले जानकारि दिनु भयो ।
गाउँपालिकाका विद्यालयमा सावुन पानीको व्यवस्था गर्ने, सामाजिक दुरि कायम गर्ने, एउटा कक्षामा २५ जना भन्दा बढि विद्यार्थि राख्न नपाइने, शिक्षक र विद्यार्थीले स्वास्थ्य सम्वन्धि परामर्स लिनु र दिनु पर्ने, अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने लगाएत रहेका छन् ।
तामाकोशी गाउँपालिका भित्रका विद्यालयको भौतिक अवस्था,शिक्षकको अवस्था र विद्यालयको कार्य योजना अनुसार विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले गर्दा बन्द भएका विद्यालयहरु मंसिर १५ गते देखि नियमित संचालन गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख मेनुका वास्कोटाले बताउनु भयो ।
कोरोना भाइरस फैलिदै गएपछि गत बर्षको चैत्र ११ गते देखि निरन्तर विद्यालयहरु बन्द रहेका छन् । सरकारले विद्यालय संचालनको लागि स्थानिय सरकारले निर्णय गर्न सक्ने भनेको छ । तामाकोशी गाउँपालिकाले विद्यालय खोल्ने निर्णय गरेको राम्रो हो तर अभिभावक र विद्यालयको भुमिका महत्वपुर्ण देखिन्छ । सानो लापरवाहिले पनि जोखिम हुन सक्छ । यसैले सम्वन्धित सवै निकायले ध्यान दिनु आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here