मेलुङ गाउँपालिकामा १२ जना सहित दोलखा जिल्लाको विभिन्न ठाँउमा गरि आज मात्र २८ जना लाई कोरोना पुष्टि ।

0
Advertisement

दिपक बस्नेत

कात्तिक २३, तामाकोशी ।

दोलखामा आज एकैदिन २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयक अनुसार यही कात्तिक २१, २२ र २३ गते स्वाब संकलन गरी पाठाईएका मध्ये २८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
मेलुंग गाउँपालिकाबाट २१ गते पठाईएको ३२ जनामध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा ११ पुरुष र १ जना महिला रहेका छन् । यसैगरी कात्तिक २२ गते दोलखा अस्पतालबाट पठाईएको २९ मध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा ७ जना पुरुष र ५ जना महिला रहेका छन् । मेलुङ गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारि लगाएत स्वास्थ्य कर्मिलाई समेत कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वर्कमाले जानकारि दिनु भयो । दोलखा अस्पतालबाटै २३ गते पठाईएको ११ जनाको स्वाबमध्ये ४ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
जसमा १ जना पुरुष र ३ जना महिला रहेका छन् । यसअघि जिरी अस्पतालबाट २१ गते पठाईएको १ जना मध्ये १ जना पुरुषको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here