गाउँपालिका,सहकारी, सेयर सदस्य र नागरिक मिलेर तामाकोशी गाउँपालिकाका नागरिकको कोरोना विमा गर्ने

0
Advertisement


भाद्र २८ , दिपक बस्नेत , तामाकोशी ।


तामाकोसी गाउँपालिकाले गाउँपालिका भित्रका नागरिकको विमाका लागि सहयोग गर्ने भएको छ । गाउँकार्यपालिकाको शनिवार बसेको बैठकले प्रत्येक नागरिकको कोरोना विमा गर्नुपर्ने निर्णय गर्दै सहयोग गर्ने निर्णय गरेको हो ।
एक वर्षको कोरोना विमाका लागि लाग्ने खर्चमध्ये एक जना नागरिक बरावर गाउँपालिकाले १ सय रुपैयाँ व्यहोर्नेछ । यसैगरी नेपाल सरकारले ३ सय र सहकारीको सदस्यको हकमा सहकारीले व्यहार्ने व्यवस्था मिलाईएको गाउँपालिकाले जनाएको छ ।
नागरिकको विमाका लागि गाउँपालिकाले सहकारी संस्थाहरुसँग समन्वय गरी सदस्यहरुको तर्पmबाट १ सय व्यर्होदिने सहजीकरण गराएको छ । सहकारी सदस्य नभएका व्यक्तिहरुले १ सय रुपैयाँ स्वयंले व्यहोर्नुपर्नेछ ।
तामाकोसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले कोरोना भाईरसको जोखिमलाई मध्येनजर गर्दै गाउँपालिकाका प्रत्येक नागरिकको विमाका लागि पालिकाकोको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए ।
१८ हजार नागरिकका लागि १ सयका दरले खर्च गर्न करिव १२ लाख गाउँपालिकाले व्यहोर्नुपर्ने हुन्छ । ती मध्ये दुई तिहाई नागरिक सहकारीमा आवद्ध रहको अनुमान छ । सहकारी, सेयर सदस्य ,गाउँपालिका र नागरिक मिलेर कोरोना विमा गर्ने यो काम छैटै संचालन गरिने तामाकोशी गाउँपालिका सहकारी समुन्वय समिति संयोजक पर्शुराम कार्कीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here