२४ घण्टामा १२४६ जनामा कोरोना संक्रमण पुष्टि

0
Advertisement

भदौ २५ ,बिहिवार

बिहिवार २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २४६ जना संक्रमित थपिएको बताए।

हाल सम्म नेपालमा कुल संक्रमितको संख्या ५० अजार ४६५ पुगेको छ । उनीहरुमध्ये ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । जसमध्ये ३१७ जनाको मृत्यु भएको छ ।

काठमाडौँ ,भक्तपुर,ललितपुरमा पछिल्लो २४ घण्टामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here