दोलखाको सिंगटी बजारमा घर माथिबाट आएको ढुङ्गाले लागेर एक युवतीको मृत्यु

0
Advertisement

दोलखाको उत्तरी सिंगटी बजारमा घर माथिबाट आएको ढुङ्गाले लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका २ बावरे घर भई हाल विगु गाउँपालिका वडा नम्वर ४ सिंगटी बस्दै आएकी ३५ वर्षिय रेणु थामी रहेकी छिन् ।

प्रहरीका अनुसार घरयासी काम गर्दैगर्दा माथितिरबाट एक्कासी खसेको ढुंगा लागेर उनको मृत्यु भएको हो । अविरल बर्षापछि ढुंगा घर भन्दा ५ सय मिटर माथितिरबाट खसेको ढुंगा लागेर गम्भिर घाईते भएकी रेणुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here