पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना संक्रमण पुष्टि, थप तीन जनाको मृत्यु

0
Advertisement

२७ असार, काठमाडौं ।

पछिल्लो २४ घण्टामा ३ हजार ६४८ पीसीआर परीक्षण गर्दा थप ७० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमल थप ७० जनामा कोरोना पुष्टि भएको बताए।

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ। नेपालमा पछिल्ले २४ घण्टामा ४३१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। नेपालमा कोरोनालाई जित्नेको संख्या ८ हजार ४४२ पुगेको छ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here