बागमती प्रदेश प्रहरी स्तरीय कार्यक्रम तथा कार्यसम्पादन करार सम्झौता सम्पन्न

0
Advertisement

बागमती प्रदेश प्रहरी स्तरीय कार्यसंचालन समिक्षा तथा आगामी कार्यनीति सम्बन्धि छलफल कार्यक्रम तथा कार्यसम्पादन करार सम्झौता काभ्रेको धुलिखेल जिल्ला प्रहरी कार्यलयमा सम्पन्न भएको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आथित्यमा प्रदेश प्रहरी प्रमुख वसन्त कुमार लामा र जिल्ला प्रहरी प्रमुखहरु बिच कार्यसम्पादन करार सम्झौता सम्पन्न भयो। जिल्लाभर शान्ती सुरक्षा, अपराध एवं नियन्त्रण, ट्राफिक ब्यवस्थापनको अवस्था, चुनौती, कोभिड– १९ नियन्त्रण तथा संक्रमण ब्यवस्थापन‚ प्रहरी कर्मचारीहरुलाई कोरोना संक्रमणबाट बचाउन अबलम्वन गरिएका कार्यहरु‚ कार्य संचालनका समस्याहरु‚ लकडाउनको समयमा सुरक्षामा आई पर्न सक्ने चुनौतीहरु र रोकथामको कार्ययोजना‚ प्रदेश प्रहरी कार्यलयबाट गरिएका अपेक्षाहरु‚ जिल्लाहरुको कोभिड– १९ नियन्त्रण तथा संक्रमण ब्यवस्थापन गर्न अपनाईएका विशेष प्रयासहरुको बारेमा छलफल गरिएको थियो । जिल्ला प्रहरी प्रमुखहरुले आ–आफ्नो जिल्लाको शान्ती सुरक्षा र कोभिड– १९ नियन्त्रण तथा संक्रमण ब्यवस्थापन गर्न अपनाईएका विशेष प्रयासहरुको बारेमा र प्रदेश सरकार बाट प्राप्त विभिन्न जिल्लामा निर्मानाधिन प्रहरी भवनहरुको प्रगति विवरण समेतको प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा बागमती प्रहरी प्रमुख वसन्त कुमार लामा,संघीय प्रहरी इकाई प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेशराज जोशी,बागमती प्रदेश प्रहरी कार्यलयका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरी र काभ्रे, सिन्धुपाल्चोक , दोलखा , रामेछाप र सिन्धुली जिल्ला प्रहरी प्रमुखहरुको उपस्तिथि रहेको थियो ।

स्रोत Bagmati Information Bank Facebook Group

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here