नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले पार्टी एकता मजबुत बनाउन अपिल ।

0
Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले पार्टी एकता मजबुत बनाउन अपिल गर्दै केन्द्रिय कार्यालयलाई पत्राचार गरेको छ । नेकपाका दुई अध्यक्ष सहित शिर्ष नेताहरुबीच अन्तरबिरोध चर्किएका बेला नेकपा दोलखाले पार्टीलाई मजबुत एकमना एकतासाथ अघि बढाउन आग्रह गरेको हो ।

जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल र सचिव गोपाल पाण्डेद्धारा संयुक्त रुपमा हस्ताक्षरित पत्रमा पार्टी भित्रको बिवादले स्वदेशी तथा विदेशी प्रतिक्रियावादीहरुलाई खुसी र उत्साहित तुल्याएको भन्दै बार्ता, छलफल र सहकार्यबाट समस्याको समाधान गर्न भनिएको छ ।

पत्रमा बिवादको पक्ष बिपक्षमा नलागी एकताको पक्षमा आवाज वुलन्द गर्न पनि देशभरका नेता कार्यकर्ताहरुलाई आव्हान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here