दोलखामा दुई जनामा कोरोना संक्रमण पुष्टि

0
Advertisement

दिपक बस्नेत,
असार १४,
तामाकोशी ।
दोलखामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर ५ मा रहेको हलेश्वर माविको क्वारेन्टिनमा रहेका एक पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएको पुरुष १२ दिन अघि भारतबाट आएको तथा महिला ६ दिन अघि कुवेतबाट आएको बताइएको छ । हलेश्वर माविको क्वारेन्टिनमा रहेको २५ जनामध्ये ७ जनाको पिसिआर विधिबाट स्वाव सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाईएकोमा दुई जनाको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताउनु भयो । दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि बाँकी सबैको स्वाव सङ्कलन गरी आईतवार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको झाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here