तामाकोशी गाउँपालिकाको सातौ गाउँसभा मार्फत ६२ करोड आठ्ठाइस लाख त्रिपन्न हजारको अनुमानित बजेट सर्वसहमतिले पारित

0
Advertisement

दिपक बस्नेत

असार १०

तामाकोशी गाउँपालिकाको सातौं गाउँ सभाले आर्थिक बर्ष २०७७/ ७८ को नीति तथा कार्यक्रम पारित तथा बजेट प्रस्तुत गरेको छ ।

तामाकोशी गाउँपालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको अध्यक्षतामा भएको सातौं गाउँसभामा गाउँपालिकाका उपध्यक्ष्य उर्मिला खड्काले आथिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम साथै बजेट प्रस्तुत गर्नुभएको हो ।

तामाकोशी गाउँपालिकाको सातौ गाउँसभा मार्फत ६२ करोड आठ्ठाइस लाख त्रिपन्न हजारको अनुमानित बजेट सर्वसहमतिले पारित गरेको छ । तामाकोशी गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा आन्तरिक आम्दानिमा अनुमानित दूई करोड प्रस्तुत गरिएको छ ।

गाउँपालिकामा आज बसेको गाउँ सभाले कृषि सिञ्चाइ तथा पश’पंक्षी विकास तर्फ ५ करोड ५० लाख, स्वास्थ्य सरसफाई तथा खानेपानीका लागी ३ करोड ६० लाख ५३ हजार, शिक्षा तर्फ २ करोड ४० लाख, सडक यातयात तथा पुर्वाधार विकास तर्फ ५ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ ।

त्यसैगरि युवा तथा खेलकुद तर्फ १ करोड ७५ लाख, कला साहित्य संस्कृति पर्यटन तर्फ ३० लाख, सामाजिक सेवा तथा समावेशी प्रर्वद्धक तर्फ २ करोड ४५ लाख, सुचना प्रविधि तथा सञ्चार तर्फ ८५ लाख बजेट विनियोजन गरेको छ ।

वन वातावरण तथा भु संरक्षण तर्फ ७० लाख, उर्जाका लागी ३५ लाख, आर्थिक तथा सामाजिक विकासका लागी २० लाख, राजश्व संकलन तथा परिचालन तर्फ ५० लाख, जोखीम तथा प्रकोप व्यवस्थापन ५० लाख, सहकारी संरक्षणका लागी ४० लाख, उद्योगका लागी १५ लाख, कानुन तथा न्याय सम्पादनका लागी २० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता होम बहादुर श्रेष्ठले जानकारी दिन’भयो ।

कोरोना महामरिका कारण श्रृजना भएका जटिलताहरुसँग सजग रहँदै अनुकुल कार्यक्रमहरु तयार पारि कार्यन्वयन गर्ने, जनचाहाँना बमोजिम पुर्वधार निमार्ण गरि तीर्व र दिगो आर्थिक विकास गर्ने , गाउँपालिकाद्धरा प्रदान गरिने सेवामा सवै नागरिकको सरल र सहज पहुँच स्थापित गर्ने, उत्पाद बृद्धि र रोजगारि श्रृजना साथै बैदेशिक रोजगारबाट फर्केका यूवाहरुको उचित पहिचान गर्ने जस्ता उद्देश्य राखिएको गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी.ले उल्लेख गनुभयो ।

गाउँपालिकाले उद्देश्य हासिल गर्नको लागि स्थानिय स्तरमा रोजगारिको अवसर श्रृजना गर्ने, कृषि क्षेत्रको आधुनिकरण व्यवसायिककरण र विविधीकरण , दिगो सडक निर्माण र गुणस्तरिय स्तोरउन्नति, पर्यटन बन तथा वातावरण र पुर्वधारको विकास लागाएतका रहेका छन ।

गाउँसभामा पालिका सदस्याहरु ङरहरि फुयाल, नानिकाजि तमाङ्ग , राम प्रसाद काफ्ले लगाएतले आफ्नो सुझाव राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here