७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय

0
Advertisement

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक बहुमतले पास गरेको छ ।

लामो समयदेखि अनिर्णित सो विषयबारे शनिबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले विदेशी महिलालाई सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधान राख्ने निर्णय गरेको थियो। समितिले आइतबार बहुमतबाट पारित गरेको सो प्रावधान प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएपछि कानुनको रुपमा कार्यान्वयनमा आउनेछ।

पेशा र व्यवसाय सञ्चालन गर्न, उद्योग, ब्यापार तथा व्यवसाय सञ्चालन गर्न सकिनेछ । यस्तै जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाई सराई जस्ता व्यक्तिगत घटना दर्ता र राष्ट्रिय परिचय पत्र समेत लिन सकिनेछ । अंगीकृत नागरिकता पाएपछि स्थायी आवासीय अनुमतिपत्र स्वतः खारेज हुनेछ ।

त्यसमा रहेको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदहरुले असहमतिसहित फरक दत दर्ता गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here