कहिकतै चुनौति भएपनि स्थानियको सहयोग पाएका छौ–तामाकोशी गाउँपालिकाका प्रशासकीय अधिकृत विज्ञान कोईरला

0
Advertisement

समसामहिक विषयमा गरिएको कुराकानि ।

तामाकोशी गाउँपालिकाले बाहिरबाट आउने माहानुभावको तथ्यङ्क राखेको छ ?

राखेको छ । हामीले पहिलो चरणमा आउने र दास्रो चरणमा पालिका भित्र आउने सम्पुर्ण माहानुभावको तथ्यङ्क राख्ने काम गरेका छौ । सरकारले जारि गरेको बन्दाबन्दि पछि पालिका भित्र चालिस जना जति मानिस आउनु भयो । दास्रो चरणमा तेस्रो मुलुक , छिमेकिमुलुक भारत र नेपालको अन्य क्षेत्रमा बसोबासगर्ने २१ जना मानिस आउनु भएको छ । पहिलो चरणमा आएका सम्पुर्णको आरडिटि परिक्षण गरियो भने अहिले २१ जना मानिसहरु आएर पालिका भित्रका विभिन्न क्वरेन्टाइनमा बसिरहनु भएको छ।

पछिल्लो अवधिमा आएका महानुभावको लागि स्वास्थ्य परिक्षण के हुदै छ ?

अहिले उहाँहरु जहाँबाट आउनु भएको थियो त्यहाँपनि परिक्षणा गरिएको छ । हामीले पनि किर्ने धुलिखेल हस्पिटलमार्फत परिक्षण गराएर क्वरेन्टाइनमा राखेका छौ । अव १४ दिन पछि कुन परिक्षण गर्ने पालिकाले निर्णय गरेपछि परिक्षण गछौ अनि त्यसपछि आ आफ्नो घर पठाउँ छौ । 

अहिलेको जटिल अवस्थामा उहाँहरु क्वरेन्टाइनमा कसरि बस्नु भएको छ ? सहज छ उहाँहरुलाई ?

तामाकोशी गाउँपालिकाले आफ्नो क्षमता अनुसार व्यवस्था गरेको छ । हाल स्कूलमा क्वरेन्टाइनको व्यवस्था गरेका छौ । उहाँहरुलाई नेपाल सरकारले तोकेको खाना बस्नको व्यवस्था गरिएको छ । घर नजिक हुनेहरुले आफ्नै घरबाट खानाल्याएर खाने व्यवस्था बनाइएको छ । हामी तोकिए बमोजिम पैसा दिन्छौ भनेका छौ । गाउँपालिकाले प्रत्येक वडामा क्वरेन्टाइनको व्यवस्था  पालिकाको क्षमता अनुसारको गरेका छौ ।

तामाकोशी गाउँपालिका भित्रका स्थानिय बासिन्दाको स्वास्थ्यलाई कसरि ध्यान दिइएको छ ?

तामाकोशी गाउँपालिका स्थानिय बासिन्दाको स्वास्थ्यको विषयमा ध्यान दिइरहेको छ । पालिका भित्रका स्वास्थ्य चौकिहरुलाई नियमित संचालनमा राखिएको छ । पालिकाले नेपाल सरकारले प्रधान गर्ने निशुल्क औषधि कुनै पनि संस्थामा आभाव हुन दिएको छैन । यो माहामारिको अवस्थामा पनि हामिले दिर्गरोगि विरामिको लागि औषधि वितरण गरेका छौ । नियमित औषधि सेवन गर्ने मानिसको लागि औषधि अभाव हन दिएका छैनौं । प्रत्येक स्वास्थ्य संस्थामा आकष्मिक कोष स्थापना गरिएको छ । यो कोरोना भाइरसमा पनि हामिले बाहिरबाट आउने मानिसको आरडिटि परिक्षण गरेका छौ । उहाँहरुको सवैको नेगेटिभ आएको छ । यो पालिका र जिल्लाको निम्ति खुशिको कुरापनि हो । अहिले पछिल्लो समयमा बाहिरबाट आएका मानिसको लागि क्वरेन्टाइनको व्यवस्था गरेका छौ । रोग समुदायमा नफैलियोस भन्नका लागि हो । तामाकोशी गाउँपालिका पालिका भित्रका वासिन्दाको स्वास्थ्यमा एक दम सम्वेदनशिल छ । पालिकाले गर्ने काममा कुनैपनिे बाँकि राखेका छैनौं । यो अहिलेको परिस्थितिलाई पनि पालिका रोकथामको लागि दिन रात लागि रहेका छौ । जनप्रतिनिधि, स्वास्थ्यकर्मि अहोरात्र खटिरहेका छौ । अव आउन सक्ने जोखिमलाई पनि ध्यान दिदै काम गरिरहेका छौ ।

बाहिरबाट आउने माहानुभावलाई स्थानियको हेर्ने दृष्टिकोण के पाउनु भयो ?

केहिठाउँमा समस्या देखिरएको छ । धेरै जसो ठाउँमा ठिकै छ । जस्तो झुलेको क्वरेन्टाइनकोबारेमा अलिकक्ति नकरात्मक कुराहरु वाहिर आयो । हामीले त्यहाँको स्कूलमा राख्न खोजेका थियौ स्थानियको विरोधका कारण हामीले त्यहिका जनप्रतिनिधिको घरमा क्वरेन्टाइन बनाएर राखेका छौ । यदि स्थानियले यसरि नै समस्या देखाउने हो भने चुनौति आउने देखिन्छ । स्थानिय आफ्ना दाजुभाइ आउनु भयो भनेर उहाँहरुको मनोवल बढाउनु पर्छ अनि सहयोग गर्नुपर्दछ । यसो गर्दा हामिलाई पनि सजिलो हुन्छ । रोग फैलनबाट पनि जोगिन्छ । स्थानियले सहयोग नगर्ने हो भने रोग फैलने जोखिम हुनको साथै हामिलाई काम गर्न पनि समस्या हुन्छ । बाहिरबाट आउने माहानुभावको पनि मनमा ठेस पुग्छ यसैले हामि सवैमिलेर कोरोना भाइरसको लडाइ लड्नु पर्ने अवस्था छ । मानविय समवेदनालाई ख्याल गर्दै स्थानिय, स्थानिय सरकार, लागाएत सवैको हातेमालो जरुरि छ ।

अन्तमा यस परिस्थितिबाट बच्न कस्ले के गर्नु पर्ला ?

सवैले सर्तक बनौं । राज्याले तोकेको नियम पालना गरौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here