तामाकोसी गाउँपालिकामा संघिय सरकारले आगामि आर्थिक बर्ष २०७७/०७८ को लागि बत्तिस कारोड ८९ लाख रुपयाँको बजेट विनियोजन

0
Advertisement

जेष्ठ १७

दिपक बस्नेत

तामाकोशी/

तामाकोसी गाउँपालिकामा संघिय सरकारले आगामि आर्थिक बर्ष २०७७/०७८ को लागि बत्तिस कारोड ८९ लाख रुपयाँको बजेट विनियोजन भएको छ ।
दोलखाको २ नगरपालिका र ७ गाउँपालिका रहेको ९ स्थानीय तहलाई अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७७/ ०७८ को लागि ३ अर्व, १८ करोड,३० लाख रुपैया वजेट विनियोजन गरेको हो ।
बजेटमा संघीय सरकारले अन्तर सरकारी वित्तीयय हस्तान्तरण स्थानीय तहको आर्थिक वर्ष २०७७÷०७८ को लागि जिल्लाको नौ वटा स्थानीय तह मध्ये सबै भन्दा बढी भीमेश्वर नगरपालिकालाई ५६ करोड ५७ लाख र सबै भन्दा कम विगु गाउँपालिकालाई २८ करोड ४५ लाख रकम विनियोजन गरेको छ । यसैगरी कालिञ्चोक गाउँपालिकालाई ३८ करोड ४० लाख, मेलुङ गाउँपालिकालाई ३४ करोड ४६ लाख, शैलुङ्ग गाउँपालिकालाई ३४ करोड ९४ लाख, जिरी नगरपालिकालाई ३० करोड ५४ लाख, गौरीशंकर गाउँपालिकालाई २९ करोड ७८ लाख र बैतेश्वर गाउँपालिकालाई ३२ करोड २७ लाख वजेट विनियोजन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here