दिपक बस्नेत
मंसिर २५, तामाकोशी ।
जाल्पादेवी सानाकिसान कृषि सहकारी संस्थाको आज छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिका वडा नंम्वर ४ मालुमा रहेको सहकारीले कोरोना भाइरसको कारण साविक मालू गाविसको वडाहरुमा गत मंसिर २२ देखि कार्यक्रम गर्दै आएको थियो भने आज अन्तिम दिन संस्थाको आफ्नै भवनमा कार्यक्रम गरेको हो ।
संस्थाका अध्यक्ष निर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका व्यवस्थापक भिम बहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष निर बहादुर श्रेष्ठले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कृषि सहकारीको रुपमा परिचित संस्थामा ७२७ जना सेयर सदस्य रहेका छन् । आगामि दिनमा गाउँपालिकाको अन्य वडा सहरे, च्यामा र हाँवामापनि कार्यक्रम संचालन हुने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
तामाकोशी गाउँपालिकाको आर्थिक सहयोगमा र्निमाण भएको आफ्नै भवनबाट कारोवार गरेको संस्थाको कुल पुँजी ३ करोड एकतिस लाख ६४ हजार आठ सय ७८ रहेको छ । संस्थाले यो बर्षमा २७ लाख ९२ हजार आम्दानी गरेको संस्थाका व्यवस्थापक भिम बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
तामाकोशी गाउँपालिकाका प्रवक्ता एवंम वडा नम्वर ४ का वडा अध्यक्ष होम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विषेष अतिथि गोल्मेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यपक सञ्जिव खड्का, दोलखा जिल्ला समुन्वय समिति सदस्य गिता पोखरेल, संस्थाका उपाध्यक्ष सरिता पोखरेल,नेकपा गाउँ कमिटि अध्यक्ष खड्ग विक्रम खड्का, विमा संयोजक यज्ञबहादुर श्रेष्ठ, गोमा बुढाथोकी, काल्पना खड्का, कविता पोखरेल लागाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।