थप ५३८ जनामा कोरोना संक्रमण,कोरोना संक्रमितको संख्या १० हजार ९९

0
Advertisement

असार ९, २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार मुलुकमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । अहिलेसम्म कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here