दिपक बस्नेत
चैत्र, ५ तामाकोशी ।
तामाकोशी गाउँपालिकामा महिला संजाल पुर्नगठनका लागि सरोकारवालाहरुसँगको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप के.सी.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिका भित्रका सरोकारवाला महिलाको सहभागिता रहेको थियो । अन्र्तक्रिया कार्यक्रममा तामाकोशी गाउँपालिकाका उपाध्यक्ष सृजना सुवेदी खड्काले कार्यक्रमकोबारेमा सहभागिहरुलाई प्रष्टपार्नुभएको थियो ।
कार्यक्रममा वोल्नु हुँदै उपाध्यक्ष सुवेदीले हाम्रो समाजमा अझै धेरै हिंसाका घटनाहरु भैरहेका छन यस्लाई न्युनिकरण गर्न, असल समाज निमार्ण गर्न, आफ्नो अधिकार प्राप्त गर्न, समाजमा भएका कुरीती, कुसंस्कारलाई हटाउँन, नीति निमार्णमा महिलाको सहभागिता जनाउँनको लागि महिलाहरु जागरुक हुनुपर्ने र यसकालागि समाजको तल्लो तहसम्म महिला संजालको आवश्यकता रहेकाले विभिन्न कार्यक्रम गर्न लागिएको वताउँनुका साथै कुनै पनि आस्थाको आधारमा भेदभाव नगरिकन महिलाको हितका लागि संजालले काम गर्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा सहभागि महिलाहरुले यि र यस्ताखालका कार्यक्रमले निष्कृय भएका महिलाहरु सकृय हुने र घर, टोल समाज र पालिकाको विकासमा टेवा पुग्ने यसकालागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउँनु भएको थियो ।
पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खुश बहादुर जिरेलको सभापतित्वमा भएको कार्यक्रममा पालिकाका वडा अध्यक्ष, महिला जनप्रतिनिधि, आमा समुह, विभिन्न संजालमा आवद्ध सदस्य लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमलाई तामाकोशी गाउँपालिकाका सूचना अधिकृत तथा शाखा प्रमुख पवन राज फुँयालले सहजिकरण गर्नु भएको थियो ।
4 वर्ष पहिले
  
833 Post Views
10 महीना पहिले
