दिपक बस्नेत
पौष १६, तामाकोशी
गडीमाई बचत तथा ऋण सहकारी संस्थामा पुन: कुवेर प्रसाद पोखरेलको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति चयन भएको छ ।
दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु फेवातालमा रहेको गडीमाई बचत तथा ऋण सहकारी संस्थाले १३ औं बार्षिक साधारणसभा गरि संचालक समिति चयन गरेको हो ।
संस्थाको संचालक समिति उपाध्यक्षमा टोप बहादुर मिजार, कोषाध्यक्षमा रण बहादुर भुजेल सचिव चन्द्र प्रसाद पोखरेल रहनु भएको छ भने अन्य सदस्यहरुमा प्रेम बहादुर मिजार, मैयाँ महत, कमला महत, कृष्णमायाँ पोखरेल, डोल नाथ योगी, इन्दिरा महत, मञ्जु भुजेल, मोहन बहादुर खड्का र लक्ष्मी पोखरेल रहनु भएको छ । संस्थाको लेखा संयोजकमा ढाल प्रसाद दाहाल पुन चयन हुनु भएको छ ।
कार्यक्रममा जनदृष्टि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कमल महत, भविष्य निमार्ण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रामकाजी खड्का लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।