दिपक बस्नेत
पौष २, तामाकोशी ।
जफेमिलन बचत तथा ऋण सहकारी संस्थाको १९ औं बार्षिकोत्सव तथा १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर तीनका वडा अध्यक्ष रामप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सुमन पोखरेलले अध्यक्षको प्रतिवेदन, संस्थाका सचिव ईश्वर काफ्लेले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जफेमिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बद्रि पौडेलले अतिथि, सेयर सदस्य लगाएतलाई शव्दद्धरा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि रामप्रसाद काफ्ले, विषेश अतिथि भिजन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विदुर पोखरेल, कालापानी माध्यमिक विद्यालयका प्रधानाध्यपक सुकदेव पोखरेल, नेपाली कांग्रेस वडा नम्वर तीनका वडा सभापति कुवेर पोखरेल, वडा नम्बर तिनका जनप्रतिनिधि देवी पोखरेल, जफे सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष योग राज पोखरेल, जनजाग्रिति प्राविका प्रअ शिवहरि पोखरेल, जनभावना साकोसका अध्यक्ष झपर बहादुर महत, महिला साकोस जफेका अध्यक्ष अम्विका पोखरेल, कालापानी माध्यामिक विद्यालयका शिक्षक जीव दाहाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाले आर्थिक बर्ष २०७८/७९ मा ५ लाख २० हजार २ सय ७४ रुपयाँ नाफा कमाएको छ ।
3 वर्ष पहिले
  
1050 Post Views
2 महीना पहिले
2 महीना पहिले
