दिपक बस्नेत
मंसिर २१ तामाकोशी ।
गाउँघर
साना किसान कृषि सहकारी संस्था लिमिटेड मेलुङ्ग गाउँपालिका वडा नम्बर ६
मेलुङ्गको १० औं बार्षिक साधारण सभाको उद्घाटन बागमती प्रदेशका
मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गर्नुहुने भएको छ ।
गाउँघर
साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १० औं बार्षिक साधारण सभाको
प्रमुख अतिथिमा मुख्यमन्त्री पाण्डेलाई बोलाउने जनाएको हो । संस्थाको
बार्षिक साधारण सभा उत्साहाका साथ मनाउँने उद्देश्यले मुख्यमन्त्री सहित
इन्द्रणी परिवरका कृष्ण कँडेल लगाएतका साँस्कृतिक टोलिलाई झिकाउन लागिएको
संस्थाका व्यवस्थापक भुप प्रसाद चापागाँईले बताउनु भयो ।
सहकारीले
विगतमा पनि बार्षिक उत्सवलाई उत्साहका साथ मनाउने गरेको र यस बर्षपनि
विकासे कामका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने भएकाले
प्रत्यक्षरुपमा अवलोकन गराई सडक, शिक्षा, स्वास्थ्य र संचार क्षेत्रको
विकासमा महत्वपुर्ण योगदान पुग्ने भएको हुँदा प्रदेश सरकारको प्रतिवद्धता
जनाउँनको लागि मुख्य मन्त्रीद्धारा बार्षिक उत्सवको उद्घाटन गर्न लागिएको
सहकारीका अध्यक्ष श्रीराज पोखरेलले जानकारी दिनु भयो ।
संस्थाले हाल
सम्म गरेका गतिविधी सम्पुर्ण शेयर सदस्यलाई जानकारी गराउँन, सहकारीसँग
प्रत्यक्ष रुपमा जोडिएर सफल भएका सफल उद्यमीलाई हौसला प्रदान गर्न, युवालाई
उद्यमी बन्नका लागि प्रोत्साहन गर्न, पुर्वधार विकासमा पहल गर्न लगाएतका
विषय र संस्थालाई थप प्रभावकारी बनाउँन यस्ता खालका कार्यक्रमले मद्दत
पुग्ने पोखरेलको भनाई छ । पोखरेलका अनुसार "मेलुङग आफैमा ऐतिहासिक भुमी हो
तर विकासमा पछाडि परेकाले दिगो विकासलाई निरन्तरता दिन हाम्रो कार्यक्रमले
महत्वपुर्ण भुमिका खेल्ने छ" ।
5 वर्ष पहिले
  
1949 Post Views
10 महीना पहिले
