दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ७ सितलीमा स्थानीय वन ऐन मस्यौदा उपर दफावार छलफल तथा टिएफ परियोजना समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष गायत्री आचार्य, प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटी, गाउँपालिकाका भित्रका वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, पालिका भित्रका सामुदायिक वनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पालिकाका अध्यक्ष हिराकुमार तामाङले पालिका भित्रका सबै वनले अनिवार्य अडिट गराउँनु पर्ने, छिटोभन्दा छिटो वनको कार्यसमिति चयन गर्नुपर्ने, सामुदायिक वनमा धेरै विकृति भएकाले अवकाे दिनमा ऐनमा टेकेर पालिकाले व्यवस्थापन गर्ने, ऐनमा व्यवस्था भए बमोजिम गाउँपालिकाले कारवाही गर्ने जस्ता कुरा बताउँदै सबै पालिका भित्रका वनको व्यवस्थापन गर्न साथ सहयोगको आवश्यकता भएकाले सबैलाई सोही बमोजिम काम गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा वनसँग सम्बन्धित विभिन्न विषयहरू समेटिएर छलफल गरिएको थियो । कार्यक्रमको सहजिकरण सामुदायिक वन उपभोक्ता महासंघ दोलखाका अध्यक्ष जगननाथ बस्नेतले गर्नुभएको थियो भने कार्यक्रमको पहिलो सत्रको सहजिकरण सचिव सविना आचार्यले गर्नुभएको थियो ।