फागुन १, तामाकोशी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तामाकोशी गाउँपालिका समितीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिका समिती सचिव राजु प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा तामाकोशी गाउँपालिका प्रमुख प्रोणप्रताप केसी, नेकपा माओवादी केन्द्र, बाग्मती प्रदेश सचिवालय सदस्य बाशुदेव पोखरेल, पार्टिका बाग्मती प्रदेश संगठन बिभाग सचिव उपेन्द्र अधिकारी, बाग्मती प्रदेश सदस्य सन्तोष केसी, गाउँपालिका समिती अध्यक्ष शम्भु प्रसाद फुयाँल, सहिद घनिस्टको आमा बिन्दा फुयाँल, सहिद मेघनारायण श्रेष्ठको भाईबुहारी कृष्ण कुमारी श्रेष्ठ लगायत पार्टिका नेता कार्यकर्ता र जनप्रतिनिधिको उपस्थितिमा २८ औं जनयुद्ध दिवस कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
कार्यक्रममा सहिदहरुको योगदानकको चर्चा गर्दै सहिद परिवारलाई सम्मान गरिएको थियो।जनयुद्धको औचित्य र परिवर्तनकालागी जनयुद्धको भुमिकाको बिषयमा बासुदेव पोखरेलले स्पष्ट पार्नुभएको थियो । जनयुद्ध दिवसमा नेपाल सरकारको सार्वजनिक बिदा दिएसँगै नेकपा माओवादी केन्द्रलेपनी देशैभरी जनयुद्ध दिवस मनाउँदै शुभकामना आदानप्रदान गरेको छ।
4 वर्ष पहिले
  
721 Post Views
10 महीना पहिले
