सुमित्रा भण्डारी । प्रशिक्षार्थी
पौष २, तामाकोशी ।
श्री जलेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शुसिला कार्की पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सचिव गोमा बुढाथोकीले सचिवको प्रतिवेदन, कोषाध्यक्ष सविता दाहाल पोखरेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो
तामाकोशी गाउँपालिकाका उपाध्यक्ष सृजना खड्का सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष शान्ता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका विषेश अतिथि तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका वडा अध्यक्ष नारायण खड्का सुरज, वडा नम्बर ५ का वडा अध्यक्ष शम्भु फुयाँल, गढिमाई बचत तथा ऋण सहकारीका अध्यक्ष कुवेर पोखरेल, जाल्पादेवी साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक भिमबहादुर श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । संस्थाले आर्थिक बर्ष २०७८/ ७९ मा १ लाख ३७ हजार २ सय ८४ नाफा कमाएको छ ।