दिपक बस्नेत
मंसिर २९, तामाकोशी ।
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं बार्षिक साधारण सभा तामाकोशी गाउँपालिका वडा नम्वर १ भिरकोटमा संस्थाले संचालन गरेको पशुपंछि उद्योगको हलमा सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सचिव बाबुराम कार्कीले सचिवको प्रतिवेदन, कोषाध्यक्ष यज्ञ बहादुर श्रेष्ठले सचिवको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन अमृत बहादुर खड्काले प्रस्तुत गर्नु भएको थियो ।
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सिताराम उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष डण्डपानी काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा तामाकोशी गाउँपालिकाका उपाध्यक्ष सृजना खड्का सुवेदी, नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य शिव प्रसाद भण्डारी, संस्थाका सल्लाकार समिति सदस्य तथा पुर्व अध्यक्ष श्यामकाजी कटुवाल, वडा नम्बर १ भिरकोटका अध्यक्ष बसन्त थापा, जफे साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष योग राज पोखरेल, गाउँघर साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक भुप प्रसाद चापागाँई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाको असार मसान्त सम्मको शेयर पुँजी ३ करोड १३ लाख ८१ हजार २ सय रुपयाँ रहेको छ भने संस्थाले असार मसान्त सम्म ४० लाख ९७ हजार ३ सय ७८ रुपयाँ नाफा कमाएको छ । संस्थाले क्षेत्रगत रुपमा विभिन्न स्थानमा बार्षिक साधारण सभा संचालन गरेको थियो भने हिजो प्रतिनिधिमुलक साधारण सभा आफ्नै दाना उद्योगको हलमा सम्पन्न गरेको हो । कार्यक्रमको सहजिकरण संस्थाका संचालक समिति सदस्य रमेश कार्कीले गर्नु भएको थियो
10 महीना पहिले