मेलुङ गाउँपालिकामा अपाङगता भएका व्यक्तिको लागि अपाङगता परिचय पत्र वितरण शिविर संचलन

0
Advertisement

दिपक बस्नेत

पुस ३, मेलुङ ।

मेलुङ गाउँपालिकामा अपाङगता भएका व्यक्तिको लागि अपाङगता परिचय पत्र वितरण शिविर संचलन भएको छ । गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले अपाङगता भएका व्यक्तिलाई अपाङगता परिचयपत्र वितरण गरेर शिविर संचालन गरिएको हो ।
मेलुङ गाउँपालिकाको कार्यलय भेड्पुमा संचालन गरिएको सिविरमा वडा नम्वर १ र २ का अपाङगता भएका ६२ जना व्यक्तिलाई परिचय पत्र वितर गरिएको गाउँपालिकाका सूचना अधिकारी सन्तोष पौडेलले जानकारि दिनु भयो ।
तिन दिन सम्म संचालन हुने शिविरमा आज पहिलो दिन वडा नम्वर एकमा रातोकार्ड पाउने १३ जना, निलोकार्ड पाउँने २० जना, पंहेलो कार्ड पाउँने ७ जना र सेतोकार्ड पाउँने ११ जना गरि जम्मा ५१ जना रहनु भएको गाउँपालिकाको कार्यलयले जनाइएको छ ।
यस्तै वडा नम्वर दुईमा रातोकार्ड पाउँने १ जना, निलोकार्ड पाउँने २ जना, पंहेलो कार्ड पाउँने ७ जना र सेतो कार्ड पाउँने १ जना गरि जम्मा ११ जनाले परिचयपत्र लिनु भएको छ । आजदेखि सुरु भएको शिविरबाट ४१ जना पुरुष र २१ जना महिला रहेको सूचना अधिकारी पौडेलको जानकारि दिनु भयो । शिविर भोलि वडा नम्वर ३,४ र ५ मा संचालन हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here